15th Annual General meeting

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सभालाई उद्घाटन गर्दै सहकारीको लगानी उत्पादनसँग जोड्नु पर्ने बताउनु भएको थियो । पोखरा–१५ का वडा अध्यक्ष तोरण बहादुर बाँनियाले एक सहकारी एक उत्पादन नितिबारे छलफल भइरहेको बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बराल, कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, रोयल सहकारीका अध्यक्ष रुद्र कुमारी गुरुङ्ग, संगम योग के.सी. स्मृति पुरस्कार संस्थापकतर्फबाट डा. नम्रता के.सी., संगम सिद्धान्त कुँवर स्मृति छात्रावृत्ति कोषका संस्थापकतर्फबाट सन्ध्या कुँवर के.सी. लगायतले बोलेका थिए । सो अवसरमा संगम यो के.सी. स्मृति पुरस्कारबाट संस्थाका अध्यक्ष निरज थापा सम्मानित हुनुभएको थियो भने संगम सिद्धान्त कुँवर स्मृति छात्रावृत्ति कालिका माविका छात्राहरु सम्झना परियार, विनिशा कार्की र मेनुका जुगजालीलाई प्रदान गरिएको थियो । सहकारीले १० वर्ष भन्दा बढी समय संस्थामा कार्यरत कर्मचारीहरु केश बहादुर थापा र संगीता के.सी.लाई सम्मान गरेको थियो । त्यसैगरी सहकारीका अध्यक्षले आफ्नो कार्यकालको कार्यसम्पादन हेरी प्रदान गर्ने गरी स्थापना गरिएको पुरस्कारबाट व्यवस्थापक केश बहादुर थापा र सचिव धनराज पुरी पुरस्कृति हुनुभएको थियो । उक्त सभाबाट अगामी कार्यकालको लागि अध्यक्ष पदमा श्री नवराज तिवारीज्यूको चयन भएको छ भने उपाध्यक्ष बुद्धिमान थापा, सचिव धनराज पुरी, कोषाध्यक्ष भरत बहादुर थापा, सदस्यहरु बिष्णु कुमारी थापा, सुवासचन्द्र भण्डारी, तोयनाथ भट्टराई, भुपेन्द्र गौचन र तिलक थापा निर्वाचित हुनुभएको छ । लेखा सुपरिवेक्षण समितमा संयोजक भोविन्द्र गिरी, सदस्य शान्तरत्न गुभाजू र शोभा कुमारी कुँवर निर्वाचित हुनुभएको छ ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More