हस्तकला (ढकिया बनाउने)तालिम

यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजनामा मिति २०७९ मंसिर ११ गते देखी १६ गतेसम्म संचालान गरिएको हस्तकला (ढकिया बनाउने)तालिम आज समापन भएको छ ।संस्थाका अध्यक्ष श्री नब राज तिवारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीको अध्यक्ष श्री सबित्रा कोइराला प्रमुख अतिथिको भूमिकामा रहनु भएको थियो । विगतमा पनि संस्थाले महिला शेयर सदस्य लक्षित तालिम कार्यक्रम गर्दै आएकोमा यस पटकको तालिममा २१ जनाको सक्रिय सहभागीता रहेको थियो । तालिम सफलतापूर्वक सम्पन गराउन प्रशिक्षक श्री शबित्री अधिकारीले महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो भने तालिम संयोजक
शिक्षा, तालिम तथा सूचना उपसमिति सदस्य श्री सरस्वती अधिकारी रहनु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More