सेनिटरी प्याड बनाउने तालिम

सेनिटरी प्याड बनाउने तालिम दिदै संगम सहकारी
पोखरा , २७ मंसिर ू मर्यादित महिनावारी ( हामी सबैको साझेदारी ू भन्ने नाराका साथ संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका वडा नम्बर १५ कार्यालयको सहकार्यमा आफ्ना सेयर सदस्यहरुलाई सेनिटरी प्याड बनाउने तालिम दिएको छ ।
१७ जनाको सहभागिता रहेको तीन दिने तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले संगम सहकारीले गरेका यस्ता तालिमले महिलाहरुलाई उद्धमी बनाउन सघाउदै सुखी नेपाली समृद्ध नेपाल बनाउने सरकारको चाहनामा पनि टेवा पुग्ने बताए । यसैगरी समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका सदस्य एवं संगम सहकारीका सचिव धनराज पुरीले कोभिडका कारण रोजगारको समस्या भएको अहिलेको अवस्थामा स्वरोजगारमुखी तालिमको अझ महत्त्व भएको बताए । सहकारीका अध्यक्ष निरज थापाले सेयर सदस्यहरुको आवश्यकता र चाहना बमोजिम अन्य तालिमहरु राख्न संस्था तयार रहेको र त्यसका लागि सदस्यहरु पनि जागरुक हुनुपर्ने बताए ।
प्रशिक्षक सरस्वती अधिकारीले यस किसिमको सेनिटरी प्याड कम खर्चिलो भएकोले प्रयोगकर्ता र परिवारलाई नै फाइदा पुग्ने , नेपाल मै उत्पादित सामानबाट तयार गर्न सकिने भएकोले पैसा बिदेशिन बाट रोकि राष्ट्रलाई नै फाइदा पुग्ने साथै बातावरणमैत्री भएकोले सारा बिश्व जगतलाई नै फाइदा पुग्ने बताइन् । सोही अवसरमा शिक्षा उप समितिका संयोजक तिलक थापाले ू मर्यादित महिनावारी ( हामी सबैको साझेदारी ू भन्ने नारालाई उजागर गर्दै महिनावारी हुनु भनेको नछुने भएको होइन भन्ने कुरा हामी सबैले बुझ्न जरुरी भएको बताए ।
सहकारीका बरिस्ठ ब्यवस्थापक बृहस्पति अधिकारीले संस्थाको संक्षिप्त परिचय राखेको उक्त कार्यक्रममा संचालक सदस्य बिष्णु कुमारी थापा , महिला उपसमिति सदस्यद्वय शोभा कुँवर र शुसिला थापाका साथै प्रशिक्षार्थीका तर्फबाट लक्ष्मी गुरुङ र खोमाया गुरुङले पनि बोलेका थिए ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More