१४ औं वार्षिक साधारण सभा
मिति २०७८/०६/०९ गते शनिबार यस संस्थाको १४ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री निरज थापा ज्यूको अध्यक्षतामा सु–सम्पन्न गरिएको छ । उक्त सभामा संस्थाका संस्थापक अध्यक्ष क्या. श्री हरिकृष्ण कुँवरले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो भने संस्थाले हरेक बर्ष प्रदान गर्ने संगम योग स्मृति पुरस्कार यस बर्ष जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष एवं सहकारी अभियन्ता श्री रविरमण तिवारी ज्यूलाई प्रदान गरिएको थियो । सम्मानित व्यक्तित्व श्री रविरमण तिवारीज्यूले पुरस्कार तथा सम्मानको लागि धन्यबाद ज्ञापन गर्दै संगम सहकारी नीति,विधि र प्रविधिमा रहेको कुरा उल्लेख गर्नु भएको थियो भने कास्की जिल्लाको उत्कृष्ट सहकारी मध्येको एक रहेको समेत बताउनु भएको थियो । पुरस्कार स्वीकार गरी ग्रहण गरिदिनु भएकोमा डा.नम्रता के.सी.ले सम्मानित व्यक्तित्व श्री रबि रमण तिवारी ज्यूलाई धन्याबाद ज्ञापन गर्नु भएको थियो भने संस्थाका कानुनी सल्लाहकार एवं पुरस्कार छनोट समिति सदस्य श्री दयाराम गौतमले सम्मानित व्यक्तित्व श्री रबि रमण तिवारी ज्यूको परिचयात्मक विवरण सहित सहकारी क्षेत्रमा उहाँको योगदानको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका बरिष्ठ व्यवस्थापक श्री वृहस्पति अधिकारीले संस्थाको आ.व. २०७७÷०७८ को वित्तिय झलक बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो भने शेयर सदस्यको तर्फबाट श्री देवेन्द्र धिताल र सरस्वती अधिकारीले शुभकामना मन्तव्य राख्दै संस्थाले यस बर्ष भवन निर्माणको लागि जग्गा खरिद गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो साथै अब छिट्टै संस्थाले आफ्नै भवनबाट कारोबार र सेवा प्रवाह गर्नु पर्ने विचार व्यक्त गर्नु भएको थियो । त्यसैगरी उक्त गरिमामय सभामा संचालक समितिको तर्फ सचिवद्वारा र लेखा सुपरिवेक्षण समितिद्वारा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षद्वारा आ.व. २०७८/०७९ का लागि संस्थाको भावी कार्यक्रम तथा अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नु भएको थियो । उक्त सभा संस्थाका सचिव श्री धनराज पुरीले संचालन गर्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More