Senior Manager's Message
प्रतिबद्धता
कास्की जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले आफ्ना सदस्यहरुलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउने सन्दर्भमा पोखरा महानगरपालिका–१५, रामबजारस्थित केन्द्रीय कार्यालय र पोखरा महानगरपालिका–४, गैह्रापाटनस्थित सुगम सेवा केन्द्रबाट निरन्तर रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । आफ्नो सेवालाई स्तरीकरण गर्नका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) द्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) मा आवद्ध भई नीति, विधि र प्रविधिको प्रयोगलाई आत्मसात गर्दै र संस्थागत सुशासन कायम गराउँदै संस्था सुरक्षित यात्रामा अगाडि बढीरहेको छ । आधुनिक सफ्टवेयरको प्रयोग, एस.एम.एस. सुविधा, सि.सि. टि.भि.क्यामेराको निगरानी, बीमा कभरेज र सुरक्षा गार्डको व्यवस्थाले संस्थामा घट्न सक्ने अनपेक्षित घटनाहरुको संभावित जोखिमलाई न्युनिकरण गरी सुरक्षाको प्रत्याभूति गरेको छ । छिटोछरितो र गुणस्तरीय सेवा, कारोवारमा पारदर्शीता, सिस्टतापूर्ण व्यबाहार र सन्तोषजनक प्रतिफलका साथ शेयर सदस्यहरुलाई सन्तुष्ट पार्दै समुदायको पहिलो रोजाईको रुपमा यस संस्थालाई स्थापित गराउने हाम्रो परिकल्पना र प्रतिवद्धता पनि हो । आफ्ना सेवाहरुलाई समयसापेक्ष रुपमा परिमार्जन र विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्दै सदस्यहरुको आर्थिक स्तरोन्नती गराई राज्यले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको महान अभियानलाई सफल पार्ने तर्फ हाम्रो पनि प्रयत्न केन्द्रित हुनेछ ।
सहकारीका राष्ट्रिय÷अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई आत्मसात गर्दै र राज्यका नियम कानुुन एबम् नीति निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै उत्पादनमूूलक लगानी, गुुणस्तरीय सेवा, उत्तरदायी व्यवस्थापन र संस्थागत सुशासनमा हामी सदैब प्रतिवद्ध छौ । हाम्रा सम्पूर्ण शेयर सदस्य तथा सरोकारवाला निकायबाट संस्था प्रति दर्शाउनु भएको आत्मियता र विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा यो सम्बन्ध अझबढी प्रगाढ हुने अपेक्षा गरेको छु ।
धन्यवाद !
वृहस्पति अधिकारी
बरिष्ठ व्यवस्थापक