संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम–२०७९

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. महिला सशक्तिकरण उपसमितिद्धारा आयोजित संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम मिति २०७९ भदौ ४ गते शनिबार सम्पन्न भएको छ । विगतमा प्रत्येक वर्ष आयोजना गर्दै आएको कार्यक्रम कोभिड–१९ को कारण दुई वर्ष स्थगित गरिएमा यस वर्ष १८५ जना सदस्यहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री निरज थापाले गर्नु भएको थियो भने विशेष अतिथि शेयर सदस्य तथा गायिका राधा कुमारी गुरुङले तीजको शुभकामना दिदै आफ्नो प्रस्तुति मार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष नवराज तिवारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने वित्तीय साक्षरता सहितको सहकारी शिक्षाको लागि सेवा केन्द्र प्रमुख अमृत वि.क.ले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा महिला सशक्तिकरण उपसमिति सदस्य शोभा कुमारी कुँवर र सहभागीहरुको तर्फबाट शेयर सदस्य दिलमाया के.सी.ले आफ्नो भनाई राख्नु भएको थियो । सोही अवसरमा संस्थामा आवद्ध हुन चाहने सहभागीहरुलाई मायाको चिनो सहित स्वागत गरिएको थियो । साथै नृत्यतर्फ प्रथम हुने चक्ना श्रेष्ठ, द्धितिय दिलु थापा, तृत्तीय फुलमाया गुरुङ त्यसैगरी सान्तवनामा गोमा गिरी, कमला मल्ल, दिलमाया थापा, शशी गुरुङ र कल्पना थापालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम महिला सशक्तिकरण उपसमिति संयोजक बिष्णु कुमारी थापाले संचालन गर्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More