संगम साकोसको १९ औं स्थापना दिवस
यस संगम साकोसको १९औं स्थापना दिवस तथा विस्तारित मञ्च कार्यक्रम यही मिति २०७९ जेठ ०२ गते सोमबार सम्पन्न भएको छ । अध्यक्ष निरज थापा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवराज तिवारी, लेखा सुपरिवेक्षण समिति संयोजक भोविन्द्र गिरी, सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले संयुक्त रुपमा ब्यानरमा हस्ताक्षर गिरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । त्यसैगरी संचालक तथा महिला सशक्तिकरण उपसमिति संयोजक विष्णु कुमारी थापाले सहकारीका सात सिद्धान्त पाठ गर्नु भएको थियो भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवराज तिवारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा विभिन्न विधामा योगदान पु¥याउने सदस्यहरुलाई सम्मान गरिएको थियो । यस पटक दिर्घकालिन बचततर्फ तरक बहादुर के.सी., दैनिक बचततर्फ केशरी लम्साल सिग्देल, जेष्ठ सदस्य बचततर्फ झग बहादुर थापा, बाल बचततर्फ बिशेष उज्जार सम्मानित भए । त्यसैगरी ऋण कारोबारतर्फ सुनमती गुरुङ्ग, सुझावकर्ता तर्फ सरस्वती अधिकारी, सञ्चालकबाट लेखा सुपरिवेक्षण संयोजक भोविन्द्र गिरी, उपसमितिबाट भरत बहादुर थापा र कर्मचारीबाट लिला कुमारी कार्की पौडेल सम्मानित भएका छन् । साथै नयाँ वर्षको शुरुवतसँगै संस्थाले संञ्चालनमा ल्याएको मोबाईल बैकिङ एपको प्रयोग विधि र सेवाको बारेमा ग्रेकोड टेक्नोलोजिका प्रोजेक्ट म्यानेजर सुशिल सापकोटाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सम्मानितको तर्फबाट भोविन्द्र गरी, सरस्वती अधिकारी र सिरमाया श्रेष्ठले मन्तव्य राख्नु भएको थियो भने सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले संरक्षित पुँजी फिर्ता कोषबारे प्रकाश पार्नु भएको थियो । अध्यक्ष निरज थापाले अझै पनि सहकारी क्षेत्रमा अवसर र चुनौती थपिदै गएकाले निकै सुझबुझका साथ अघि बढ्नुपर्ने बताउनु भयो । सहकारी स्थापनादेखि अहिलेसम्म योगदान दिने सबैप्रति आभार प्रकट गर्दै शुभकामना सहित समापन भएको कार्यक्रम संस्थाका सचिव धनराज पुरीले संचालन गर्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More