रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

फागुन २० गते शनिबार संगम साकोसद्वारा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संस्थाका उपाध्यक्ष श्री बुद्धिमान थापाज्यूको अध्यक्षता तथा शेयर सदस्य एवं गण्डकी मेडिकल कलेज पोखराकी बालरोग बिशेषज्ञ सह प्रा. डा.नम्रता के.सी.थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रादेशिक रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुबाट ३० युनिट रगत संकलन भएको थियो । त्यसैगरी पोखरा(१० स्थित ग्यालेक्सी हस्पिटलको सहकार्यमा स्वास्थ्य परिक्षण अन्तर्गत निःशुल्क सुगर, प्रेसरको जाँच सहित
अन्य स्वास्थ्य परिक्षणबाट शेयर सदस्य र वडा बासी गरि ७१ जना लाभान्वित हुनु भएको थियो । सोही अवसरमा संस्थाका शेयर सदस्यहरुले ग्यालेक्सी हस्पिटलबाट विभिन्न स्वास्थ्य उपचारमा छुट सुबिधा प्राप्त गर्ने गरि दुई पक्षीय सम्झौता गरिएको बारे जानकारी समेत गराउनु भएको थियो ।
कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएका श्री बुद्धिमान थापा, प्रमुख अतिथि सह प्रा.डा. श्री नम्रता के.सी., संचालक समिति सदस्य श्री भुपेन्द्र गौचन, लेखा सुपरिवेक्षण समिति संयोजक श्री भोविन्द्र गिरी, शिक्षा,तालिम तथा सुचना उपसमिति सदस्य श्री सरस्वती अधिकारी, वरिष्ठ व्यवस्थापक श्री बृहस्पति अधिकारी, सुपरभाइजर श्री विकल्प कुँवर लगायतले बोल्नु भएको थियो भने शिक्षा, तालिम तथा सुचना उपसमिति सदस्य श्री तुल बहादुर गुरूङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रम संचालक सदस्य श्री तिलक थापाले संचालन गर्नु भएको थियो
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More