कानूनी सचेतना कार्यक्रम

आज मिति २०७९ फागुन २४ गते, बुधबार ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पआज मिति २०७९ फागुन २४ गते, बुधबार ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा रहेको ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कानूनी सचेतना सहितको विस्तारित मञ्च कार्यक्रम संस्थाका अध्यक्ष श्री नब राज तिवारीज्यूको अध्यक्षतामा सु(सम्पन्न भएको छ ।
कार्यक्रममा स्यानीपाटन टोल विकास संस्थाका अध्यक्ष श्री दिपक कार्की, स्यानीपाटन आमा समूहकी अध्यक्ष श्री लिला के।सी। र ढुङ्गेसाँघु आमा समूहकी अध्यक्ष श्री शोभा देवले अतिथिको आसान ग्रहण गर्नु भएको थियो । महिला स(शक्तिकारण उपसमिति सदस्य श्री शुशिला थापाले सहकारीको सात सिद्धान्त पाठ गर्नु भएकोमा सोही उपसमिति सदस्य श्री दिलमाया के।सी। ले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बचत तथा लेखा विभाग प्रमुख श्री विकल्प कुँवरले संस्थाको वित्तीय विवरण सहित मासिक बचत र संरक्षित पुँजी फिर्ता कोषको महत्व बारे प्रकाश पर्नु भएको थियो ।७१ जनाको सहभागिता रहेको कार्यक्रममा ८ जना महिला सहभागिहरुले संस्थामा आबद्ध हुनको लागि शेयर सदस्यता फारम भर्नु भएको थियो ।कार्यक्रमका सहजकर्ता अधिवक्ता श्री दयाराम गौतमले कानुनका विभिन्न बिषय र पक्ष बारेको जानकारी सहित आफ्ना अनुभव सहभागि समक्ष राख्नु भएको थियो ।संस्थाका संरक्षक एवं सल्लाहकार संयोजक श्री निराज थापा, स्यानीपाटन टोल विकास संस्थाका अध्यक्ष श्री दिपक कार्कीले आफ्ना भनाई राख्नु भएको कार्यक्रमको संचालन संचालक सदस्य एवं महिला स(शक्तिकारण उपसमिति संयोजक श्री विष्णु कुमारी थापाले गर्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More